सत्ता गठबन्धनलाई कमजाेर हुन दिइने छैन : प्रचण्ड

 असोज ७, २०७८ बिहिबार २०:२०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय सत्ता गठबन्धन फुटाउन अनेक षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

आज बिहीवार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको भेलालाई सम्बोधन गर्नु हुँदै अध्यक्ष प्रचण्डले हिजो बुधवारको सत्ता गठबन्धनको बैठकमा पनि यस विषयमा समीक्षा भएको बताउनुभयो ।

उहाँले जस्तोसुकै मूल्य चुकाएर वा त्याग गरेर भए पनि गठबन्धनलाई कमजोर हुन नदिने प्रतिबद्धता जनाएकाे पनि बताउनुभयो । 

फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ल्याएर गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको तर याे गठबन्धन आउँदाे चुनावसम्म जाने उहाँले दाबी गर्नुभयाे ।  

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया