चार्जिङ स्टेसन निर्माणका लागि राष्ट्र बैंकले सहुलियत ब्याजदरमा कर्जा दिने

 असोज ८, २०७८ शुक्रबार ८:४२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विद्युतीय गाडीका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेसन निर्माणका लागि नेपाल राष्ट्र बैंकले सहुलियत ब्याजदरमा कर्जा दिने व्यवस्था गरेको छ ।

विद्युतीय गाडीकोे प्रवर्द्धन होस् र विद्युत् खपत पनि बढोस् भन्ने लक्ष्यका साथ त्यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधिमा तेस्रो संशोधन गर्दै विद्युतीय गाडीका लागि सहजरूपमा चार्ज हुने प्रणाली स्थापनाका लागि चार्जिङ स्टेसन निर्माणमा विशेष ध्यान दिएको हो ।

विशेष पुनर्कर्जाका लागि विभिन्न कर्जायोग्य मानिने भन्ने व्यवस्थाअन्तर्गत विशेषगरी विद्युतीय गाडीका लागि आवश्यक चार्जिङ स्टेसन स्थापनाका लागि प्रवाह भएका कर्जालाई त्यसमा समेटिएको छ ।

पछिल्ला दिनमा निजी क्षेत्रले समेत चार्जिङ स्टेसन निर्माणमा विशेष प्राथमिकताका साथ काम गरिरहेका छन् । देशभर विभिन्न १५ वटा चार्जिङ स्टेसन सञ्चालनमा आइसकेका छन् । यस्तै, नेपाल विद्युत् प्राधिकरणले समेत देशभर नै ५० वटा चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको छ । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया