राष्ट्रिय सभा बैठक बस्दै : आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने

 असोज ८, २०७८ शुक्रबार ८:५४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रिय सभा बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि छलफल हुनेछ ।

यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् ।  राष्ट्रिय सभा बैठकमा आज यी दुवै विधेयक टेबुल गर्ने र त्यसपछि अर्को बैठकमा पारित गर्ने तयारी छ । दुवै विधेयक आउँदो सोमवार पारित गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।

विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने छ र प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ । यस अघि सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक २०७८ लाई हिजोको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नु भएको थियो ।

विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया