नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चल्दै

 असोज ८, २०७८ शुक्रबार ११:५५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

केहीबेर अघि तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा सुरु भएको बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो।

उहाँका अनुसार आज र भोलि दुई दिन बस्ने बैठकले  यी विषयहरु पारित गर्ने छ । यसअघि एमालेको स्थायी समिति बैठकमा पेस भएको विधान संशोधन मस्यौदामा ७० वर्षे उमेरहदलाई कायम राख्ने प्रावधानलाई यथावत् राखिएको छ ।

यो मस्यौदा विधान महाधिवेशनबाट अनुमोदन भएमा एमालेका दोस्रो तहका नेताहरुलाई आउँदो मंसिरमा हुने १० औँ महाधिवेशन नै नेतृत्वमा पुग्ने अन्तिम अवसर हुनेछ । एमालेको विधान महाधिवेशन आउँदो १५ देखि १७ गतेसम्म काठमाण्डौमा हुँदैछ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया