गैँडाको खागसहित गौशालाबाट एक जना पक्राउ

 असोज ८, २०७८ शुक्रबार १३:४१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गैँडाको खाग (आखेटोपहार) सहित प्रहरीले काठमाण्डौको गौशालाबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले वन्यजन्तुको आखेटोपहारको ओसारपसार तथा बेचबिखनमा संलग्न रहेको आरोपमा ३० वर्षीय निकेश बस्नेतलाई गौशाला तिलगङ्गाबाट पक्राउ गरेको हो । 

उनको साथबाट गैँडाको खाग बरामद गरिएको प्रहरी उपरीक्षक प्रवक्ता एवम् सूचना अधिकारी श्यामकुमार महतोले जानकारी दिनुभयो ।  बस्नेलाई पक्राउ गरी कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाण्डौमा बुझाइएको उहाँले बताउनु भयो ।  

अन्तिम अपडेट: कात्तिक ५, २०७८

तपाईको प्रतिक्रिया