अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – दिगो विकास लक्ष्य सुरु भएको ६ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ ।
महिला, कानुन र विकास मञ्चले आज शुक्रवार काठमाण्डाैमा आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका सम्बन्धमा सञ्चारकर्मीसँगको छलफलका क्रममा दिगो विकास लक्ष्य राष्ट्रिय सञ्जाल नेपालका संयोजक दयासागर श्रेष्ठले राजनीतिक अपनत्व र प्रतिबद्धता नहुँदा पनि कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।
जनप्रतिनिधिलाई जानकारी नहुँदा तहगत रूपमा समन्वय र योजना छनोट हुन नसकेको उहाँले बताउनुभयो । दिगो विकास लक्ष्य पूरा गर्न ५५ प्रतिशत योगदान निजी क्षेत्रको हुन्छ । दिगो विकास लक्ष्यका १७ वटा लक्ष्यमध्ये १६ नं लक्ष्यको प्रगति निराशाजनक रहेको संयोजक श्रेष्ठले सुनाउनुभयो । दिगो विकास लक्ष्यमा हस्ताक्षर गर्ने विश्वका एक सय ९३ देशमध्ये धेरै देशमा लक्ष्य नं १६ को प्रगति निराशाजनक छ ।
लक्ष्य नं १६ मा शान्ति स्थापना, समावेशी र सामाजिक विषय उल्लेख गरिएको छ । लक्ष्य नं १६ को १२ वटा परिमाणात्मक लक्ष्य र ३२ वटा अनुगमन सूचक तय गरिएको छ । सरकारले सन् २०१७ र २०२० मा दुई पटक गरेको समीक्षामा पनि लक्ष्य नं १६ का विषयमा धेरै तथ्याङ्क समावेश गरिएको छैन । लक्ष्य नं १६ का विषयमा कोरोना महामारी सुरु हुनुअघि पनि प्रगति थिएन ।
दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा गरिबीलाई पाँच प्रतिशतमा झार्ने उल्लेख छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक ६ खर्ब रुपैयाँ थप बजेट आवश्यक पर्ने संयोजक श्रेष्ठले बताउनुभयो । कार्यक्रममा अधिवक्ता बिनु लामा, मञ्चका कार्यक्रम संयोजक कृतज्ञ राईलगायतले दिगो विकास लक्ष्य हासिल गर्न तीनै तहका सरकारबीच समन्वयात्मक रूपमा काम हुनुपर्नेमा जोड दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।