२४ घण्टामा १ हजार ४ सय ७६ जनामा काेराेना पुष्टि, १ हजार ५ सय ५० जना निकाे

 असोज ८, २०७८ शुक्रबार १७:४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा देशभर एक हजार चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार ६ सय ९० जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये नौ दशमलव ४० प्रतिशतमा सङ्क्रमण देखिएकाे हो । आज थपिएकासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ८० हजार एक सय ५२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ५० जना सङ्क्रमणमुक्त भएसँगै कोरोनाबाट निकाे हुनेकाे सङ्ख्या सात लाख ५८ हजार पाँच सय चार पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

यही अवधिमा थप नौ जना सङ्क्रमितकाे ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८१ पुगेको छ ।

अहिले नेपालमा २० हजार दुई सय ८७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेकामा तीन सय ४७ जनाको आईसीयू र एक सय पाँच जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक लाख ७२ हजार पाँच सय ९० मात्रा कोरोनाविरुद्धको खोप लगाएसँगै नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ५९ लाख ४६ हजार २२ पुगेको छ । ६३ लाख ८० हजार पाँच सय ८६ जनाले एक मात्रा खोप लगाएका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया