एमाले बैठक : प्रतिवेदनमा सुझावका लागि १० समूह विभाजन

 असोज ८, २०७८ शुक्रबार १७:१३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको चलिरहेकाे केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ ।

भूगोलका सात प्रदेशका जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले आफ्नो वितरित प्रतिवेदनमाथि छलफल गरी भाेलि शनिवार दिउँसो १ बजे बस्ने अर्को बैठकमा टोली नेतामार्फत सुझाव पेस गर्ने पार्टीका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिनुभयो । 

यही असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेज पेस हुनेछन् । बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदन महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्ताव उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख भट्टराईले पार्टीभित्रका कतिपय आन्तरिक समस्याका सम्बन्धमा छलफल गर्दै अघि बढ्ने प्रक्रिया चलिरहेको बताउनुभयो । पार्टीभित्र १० बुँदे प्रस्तावको कार्यान्वयनका क्रममा भएका समस्याबारे नेतृत्व तहमा छलफल भइरहेको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया