‘कति सजिलै सर्छ अधिवेशनकाे मिति, नेताले आदेश दिए पुग्ने अनि कार्यकर्ता कुरेर बस्नुपर्ने ?’

 असोज ८, २०७८ शुक्रबार १७:४०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय सदस्य गगन थापाले पार्टीकाे महाधिवेशनकाे मिति फेरि सार्ने प्रस्तावबारे असहमति जनाउनुभएकाे छ ।

आज शुक्रवार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीकाे १४ औँ महाधिवेशन फेरि सार्ने प्रस्तावबारे असन्तुष्टि व्यक्त गर्नुभएकाे हाे ।

उहाँले लेख्नुभएकाे छ, ‘कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुङ्गो छैन । कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने । बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने !’

यस्तै नेता थापाले अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? भनेर साेच्न पनि आग्रह गर्नुभएकाे छ । 

महाधिवेशनको प्रक्रियाअन्तर्गत तल्ला तहको अधिवेशनका विषयमा नेताहरूबीच विवाद भएपछि संस्थापन पक्षले नै केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेको छ ।

पटक–पटक सारिँदै आएकाे पार्टीकाे अधिवेशन पछिल्लाे पटक आउँदाे मङ्सिर ९ देखि १३ गतेसम्म ताेकिएकाे छ ।   

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया