भक्तपुरमा मनाइने पुलुकिसी जात्रा सम्पन्न

 असोज ९, २०७८ शनिबार ८:१७:२८ | रासस
unn.prixa.net

काठमाण्डाै - भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको पुलुकिसी जात्रा सम्पन्न भएको छ ।

प्रत्येक वर्ष भाद्र कृष्ण चौथीका दिन मनाइने पुलुकिसीलाई भक्तपुरको लाकुलाछेंँबाट तःमारीमा ल्याएर भैरवको मन्दिरमा रहेको आकाश भैरवलाई पूजा गरी सुरु भएको पुलुकिसी जात्रा टोलटोलमा परिक्रमा गरी मनाएको छ ।

आठ दिनसम्म मनाइने इन्द्रजात्राको अन्तिम दिन हिजो लाकुलाछेंँ टोलमा बाँसको मान्द्रोले बेरेर नीलो कपडाले छोपी हात्तीको जस्तै सुँढ राखेर बनाइएको पुलुकिसीलाई भक्तपुर नगरपरिक्रमा गरी टोलटोलमा लगेर मनाएको हो । 

पुलुकिसीलाई चार जनाले बोकेर त्यसको मुनि एक जनाले घण्टा बजाएर अगाडि पछाडि दौडाउँदै नगरपरिक्रमा गरिने परम्परा रहेको छ ।

जात्रामा पुलुकिसीलाई टोलटोल घुमाउँदा त्यसको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार जात्राको बेला पुलुकिसी अगाडि आएपछि सुँढले छोला भनेर जात्रालु परपर जाने गर्दछन् ।

हिजो इन्द्रजात्राको अन्तिम दिन पुलुकिसी घुमाइसकेपछि योःमद्योलाई उखेली जात्रा सम्पन्न गरिएको हो । त्यसैगरी हिजो नै  भक्तपुरमा याँःमता अर्थात आकाश दीप बालेर भैरवको खटजात्रासहित मूःपात्र जात्रासमेत मनाएको छ । तीन दिनसम्म मनाइने मू-पात्र जात्रा पनि हिजो नै सम्पन्न भएको हे ।

राक्षसका रूपमा लिइने मू-पात्रलाई तरबार समात्न लगाएर नगरपरिक्रमा गराएर सम्पन्न गरिएको छ ।

नगरको टोलटोलमा ठड्याइएको यमःदयोलाई मू-पात्रले तीन पटक घुमेर तरबारले हान्ने प्रचलन रहेको छ । मू-पात्र जात्रा सुरु हुनुअगाडि दत्तात्रय मन्दिर अगाडि त्रिशूल आकारको एक जोडी याँमता बालेर तचपालमा रहेकाे सँला गणेशलाई खटमा राखेर जात्रा गरिएको छ ।

अन्तिम अपडेट: असोज २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया