सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको छ : पूर्व अर्थमन्त्री पौडेल

 असोज ९, २०७८ शनिबार १६:१९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाउनुभएको छ ।

उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गर्नु भयो । रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उहाँले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एिसियाली विकास बैंक (एडीबी)सँग शिघ्र सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाई नगर्न सचेत गराउनु भयो । उपमहासचिव पौडेलले  विमानस्थलको दोस्रो चरणको काम अविलम्ब गराउन दवावकारी भूमिका निर्वाह गर्न पनि स्थानीयबासीलाई आह्वान गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘सेकेण्ड फेजको निर्माणको काम अघि बढाउनका लागि एडीबी ७ अर्ब लगानी गर्न तयार भएको बसेको छ । डिजाइनका कामहरु सम्पन्न भएका छन । अत्याधुनिक टर्मिनल निर्माणको डिजाईनको काम सकिएको छ । यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब गर्‍यो भने हाम्रो निम्ति मान्य हुने छैन । हामी सशक्त ढंगले जवाफ दिनेछौं । र सेकेण्ड इन्टरनेशनल एयरपोर्ट सेकेन्ड फेजको काम सम्पन्न गर्नका लागि सरकारलाई विनाआनकानी ‘काउन्टर पार्ट फण्ड’ सुनिश्चित गर्न, एडीबीसँग शिघ्राधि शिघ्र सम्झौता गर्न र नयाँ ढंगले सेकेण्ड फेजको काम अघि बढाउनका लागि निम्ति हामीले दवावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता छ । हामी सो कामलाई रोक्न दिनेछैनौं ।’

उपमहासचिव पौडेलले गृहजिल्ला रुपन्देहीलाई देशभरिकै नमूना जिल्ला हुने गरी विकास गर्ने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था आफू अर्थमन्त्री हुँदा गरेको दावी समेत गर्नुभयो । उहाँले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि छुट्ट्याइएको बजेट सरकारले कटौति गरेको भन्दै असन्तुष्टि समेत जनाउनुभयो ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया