काेराेना खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख नाघ्यो, सक्रिय सङ्क्रमित २० हजार भन्दा कम

 असोज ९, २०७८ शनिबार १६:३०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार सात सय २५ मात्रा खोप लगाएसँगै नेपालमा कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख १४ हजार नौ सय ४१ जना पुगेको हो । यस्तै अहिलेसम्म ६५ लाख २८ हजार तीन सय ९२ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

यसैबीच नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ७१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार सात सयमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये तीन सय ६३ जनाको आईसीयू र एक सय नौ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५९ हजार आठ सय ७५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नौ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालका कोरोना सङ्क्रमण हुनेको सङ्ख्या आठ लाख ८१ हजार एक सय पाँच जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार पाँच सय ७९ जनाको नमूना परीक्षण गर्दा नौ सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो । जुन परीक्षण गरिएकामध्ये नौ प्रतिशत भन्दा केही बढी हो । थप ६ जनाले ज्यान गुमाएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ८७ पुगेको छ । 
 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया