भूमिगत पानी पुन:भरण प्रणाली निर्माण गर्दै काठमाण्डाै महानगर

 असोज ९, २०७८ शनिबार १७:१७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले पानीको स्रोत जोगाउन भूमिगत पानी पुनःभरण र आकासेपानी सङ्कलन प्रणाली निर्माण थालेको छ ।

मेयर विद्यासुन्दर शाक्यले नन्दी स्कुलमा आकासे पानी सङ्कलन तथा भूमिगत पानी पुनःभरण प्रणाली निर्माणको शिलान्यास गर्दै आकासे पानी संकलन र भूमिगत पानी पुनर्भरण कार्यक्रमलाई प्राथामिकता दिएको बताउनुभयो । उहाँले प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी नभई नहुने भएकाले सम्भावित जोखिमबाट बच्न कामपाले आकासेपानी सङ्कलन र भूमिगत पानी पुनःभरण प्रणाली निर्माण गर्न योजना बनाएर अगाडि बढाएको बताउनुभयो ।

अहिले इनार तथा डीप बोरिङबाट पानी निकाल्ने तर पुनर्भरणका लागि ध्यान नदिदा समस्या आउने भएकोले पुनर्भरणलाई प्राथामिकता दिने उहाँले बताउनुभयो । महानगरपालिकाले अहिले खाली जग्गा भएका वडा कार्यालय, सार्वजनिक जग्गा, बिद्यालय लगायतमा जमिन पुन:भरण प्रणाली स्थापना गर्ने काम गरिरहेको छ । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया