एमाले केन्द्रीय कमिटी बैठक : ओलीले जवाफ दिँदै, आजै विधान महाविधेशनको प्रस्ताव पारित गर्ने तयारी

 असोज १०, २०७८ आइतबार ८:४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज विधान महाधिवेशनका प्रस्ताव पारित गर्ने तयारी छ ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अस्ति शुक्रवारदेखि सुरु भएको बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठानिक र विधान मस्यौदा प्रतिवेदनमाथि समूहगत रुपमा आएका धारणाको जवाफपछि पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

आजको बैठकमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठानिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनुहुनेछ । यसअघि हिजोको बैठकमा १० समूहमा विभाजित टोली नेताले राजनीतिक, साङ्गठानिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी आ–आफ्नो समूहबाट सुझाव प्रस्तुत गरेका छन् ।

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले टोली नेताले कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकाल मात्र रहन पाउने र ७० वर्षे उमेरहदको व्यवस्था कार्यान्वयन गर्नुपर्ने, युवापुस्ताको प्रतिनिधित्व बढाउनुपर्नेलगायतका सुझाव आएको बताउनुभयो ।

त्यस्तै बैठकमा पार्टी एकतादेखि विभाजनसम्मको समीक्षा गर्नुपर्ने माग समेत उठेको छ । सुझाव सकिएपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रतिवेदन पारितपछि आउँदो १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा पेस हुनेछन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया