काठमाण्डौका विद्यालय खुल्दै, हतार नगर्न विज्ञको आग्रह

 असोज १०, २०७८ आइतबार ८:४४:३२ | रासस
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले आजदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने सकिने निर्णय गरेअनुसार आजदेखि धेरै विद्यालय खुल्दैछन् ।

कोरोना महामारीको दोस्रो लहरका कारण गएको वैशाखदेखि बन्द भएका विद्यालय खुल्न थालेका हुन् । यसअघि सरकारले पालिकासँग समन्वय गरेर विद्यालय खुलाउन सकिने निर्णय गरे पछि काठमाण्डौ उपत्यकामा आंशिक रुपमा विद्यालय खुलेका थिए ।

काठमाण्डौमा भने गएको बुधवार महानगरपालिकाले आजदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय खुलाउन सकिने निर्णय गरेको थियो । महानगरपालिकाले विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि भने अनिवार्य गरेको छैन ।

शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ । लामो समय विद्यालय बन्द रहेको, चाडपर्वको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै रहेकाले चाडपर्व पछि मात्रै भौतिकरूपमा विद्यालय खोल्नु पर्ने अभिभावकको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले पनि दशैँसम्म सङ्क्रमणको अवस्था विश्लेषण गरेर मात्रै पालिकाले भौतिक उपस्थितिमै विद्यालय सञ्चालनबारे निर्णय लिनुपर्ने बताउनु भएको छ ।

कोरोना सङ्क्रमणको अवस्था स्थिर रहेको, आम मानिसले सोचेजस्तो जोखिम कम नभएको र पूर्ण सावधानीको आवश्यकता उत्तिकै रहेको उहाँको भनाइ छ । राष्ट्रिय अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले काठमाण्डौ उपत्यकामा अझै पनि कोरोना सङ्क्रमणको जोखिममै रहेकाले पालिकाले आ–आफ्नो तरिकाले भौतिक उपस्थितिमा विद्यालय खोल्नु हतारको निर्णय भएको टिप्पणी गर्नुभयो । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया