भारतविरुद्धको टेस्ट सिरिज इंग्ल्याण्डकाे पक्षमा, चौथो टेस्टमा इंग्ल्याण्ड ६० रनले विजयी

 भदौ १८, २०७५ सोमबार ७:५१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

भारतविरुद्धको चौथो टेस्टमा ६० रनको जित निकालेसँगै इंग्ल्याण्डले पाँच टेस्टको श्रृंखला ३–१ ले आफ्नो पक्षमा पारेको छ ।

अाइतबार राति भारत १८४ रनमा अल आउट भएको थियो । सन् २००७ मा राहुल द्रविडको कप्तानीमा भारतले इंग्ल्याण्डमा टेस्ट श्रृंखला जितेको थियो ।

त्यस यता भारतले इंग्ल्याण्डमा टेस्ट श्रृंखला जित्न सकेको छैन । टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो पारीमा २४६ रन बनाएको थियो ।

भारतले पहिलो पारिमा चेतेश्वर पुजाराको शतकको मद्दतले २७३ रन बनाए पछि २७ रनको अग्रता लिएको थियो । तर इंग्ल्याण्डले दोस्रो पारीमा २७१ रन जोडेपछि भारतले २४५ रनको लक्ष्य पाएको थियो ।

लक्ष्य पछ्याउने क्रममा भारतका कप्तान विराट कोहलीले ५८ तथा अजिंक्य रहाणेले ५१ रन बाहेक अरुले उत्कृष्ट पारी खेल्न सकेनन् ।

भारतले अन्तिम ७ विकेट जम्मा ६१ रन जोड्दा गुमाएपछि हार्न बाध्य भयो । भारतलाई रोक्ने क्रममा इंग्ल्याण्डका मोइन अलिले सर्वाधिक ४ विकेट लिएका थिए ।

अब अन्तिम टेस्ट ११ सेप्टेम्बरदेखि शुरुहुने छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया