नेपाल–चीन सीमाबारे अध्ययन गर्न बनेकाे समितिले बुझायो प्रतिवेदन

प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्छु : गृह मन्त्री खाण

 असोज १०, २०७८ आइतबार १९:५५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै : नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृह मन्त्री बालकृष्ण खाणलाई बुझाएको छ ।समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाणलाई बुझाउनुभएकाे हाे ।  

प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्य/तथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य/तथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनुभएको छ । यसले देशका अन्य ठाउँमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ’, उहाँले भन्नुभयो, ‘अध्ययनमा यहाँहरूले औल्याउनुभएका विषयवस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’

मन्त्री खाणले विकट ठाउँमा पुगेर सहज तरिकाले काम सम्पन्न गरेकामा अध्ययन टोलीलाई धन्यवादसमेत दिनुभयो । अध्ययन त्यस क्षेत्रको भू–भाग रक्षा गर्न र त्यहाँको जनजीवनबारे बुझ्न महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । 

प्रतिवेदनबारे अध्ययन टोलीका संयोजक सहसचिव आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाणलाई जानकारी गराउनुभएको थियो । 

टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य हुनुहुन्थ्यो ।

मन्त्रिपरिषद् बैठकले गएकाे भदौ १६ गते नेपाल–सीमा अध्ययनका लागि समिति बनाएको हो । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Indra Bahadur Thapa Magar

    Sept. 27, 2021, 6:22 a.m.

    हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे स्थलगत अध्ययन प्रतिवेदन गृहमन्त्रीले बुझेको छ । राम्रै कुरा हो । सिमा मिचिएका अन्य ठाउँमा तिर पनि यसो कर्के नजर लाउला कि ?

  •  0 Reply

तपाईको प्रतिक्रिया