एमालेकाे विराेधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक राष्ट्रिय सभाबाट पारित

 असोज ११, २०७८ सोमबार १२:३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रिय सभाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ ।

आज बसेको राष्ट्रिय सभा बैठकबाट आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित भएको हो ।

एमालेको विरोधकाबीच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथिको दफाबार छलफललाई अगाडि बढाउनु भएको थियो ।

दफाबार छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । राष्ट्रिय सभाबाट पारित यी विधेयक प्रतिनिधि सभामा पठाइएको छ । आज दिउँसो २ बजे बस्ने प्रतिनिधि सभा बैठकले यी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउने छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरे पछि यी विधेयक कार्यान्वयनमा आउनेछ । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया