बर्दियामा खाेरभित्र पसेर चितुवाले २३ खसी–बाख्रा मार्‍याे

 असोज ११, २०७८ सोमबार १४:११:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दिया – बर्दियाकाे गुलरिया नगरपालिका ५ सन्तोषी टोलमा रहेकाे बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ खसी–बाख्रा चितुवाले मारेको छ ।

खोरभित्र बाँधिएका २३ खसी–बाख्रालाई चितुवाले मार्दा झन्डै तीन लाख रुपैयाँ बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो । नजिकैको सामुदायिक वनबाट आएको चितुवाले गए राति सबै खसी–बाख्रा मारेको पौडेलले बताउनुभयो ।

सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मृत अवस्थामा फेला परेका र अन्य विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गोपाल पौडेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया