भोटेकोसी, त्रिशूली र कर्णाली नदी सफा गरिने

 असोज ११, २०७८ सोमबार २०:३६:५ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोसी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ ।

कोरोना सङ्क्रमणका कारण धराशायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनरुत्थानका लागि यस परियोजनाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालीन रोजगार कार्यक्रमअन्तर्गत नदी सफा गर्न दिएको हो । 

आइतवार भोटेकोसीबाट सुरु गरिएको कार्यक्रम मङ्गलवार त्रिशूली र शुक्रवार कर्णालीमा शुभारम्भ गरिने नेपाल एसाेसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) का महासचिव शिशिर खनालले जानकारी दिनुभयो ।

यस कार्यक्रमअन्तर्गत रिभर गाइड र कर्मचारीले नदी सफा र पहुँच मार्ग मर्मत गर्नेछन् । एक मजदुरलाई १२ दिनको रोजगार दिइने यस कार्यक्रममा २०० रिभर गाइड एवम् कर्मचारीले काम पाउनेछन् । उनीहरूले काम गरेबापत परियोजनाले दैनिक एक हजार रुपैयाँ प्रदान गर्नेछ । 

नेपालमा रहेका झन्डै ६ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोसी, सुनकोसी, अरुण, तमोरलगायत १६ नदी साहसिक जलयात्राका लागि खुला गरिएको छ ।

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया