२४ घण्टामा ३ लाख १२ हजारभन्दा धेरै जनाले लगाए काेराेनाविरुद्धकाे खाेप

थप १ हजार २ सय ८२ जनामा काेराेना पुष्टि

 असोज ११, २०७८ सोमबार १६:४४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार आठ सय ७४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

देशभर चलिरहेको खोप अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार आठ सय ७४ मात्रा कोरोनाविरुद्धको खोप प्रयोग भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले हिमाली जिल्लामा १८ वर्षमाथि उमेर समूहका सबै र अरू जिल्लामा ४५ बर्षमाथिका तथा अत्यावश्यक सेवालगायतका व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइँदैछ ।

यसैबीच पछिल्लो २४ घण्टामा सहित नेपालमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६१ लाख ६५ हजार ५२ र एक मात्रा खोप लगाउनेको सङ्ख्या ६७ लाख ९३ हजार चार सय ५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १५ हजार चार सय ८८ जनाको नमुना परीक्षण गर्दा एक हजार दुई सय ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसहित नेपालमा पीसीआर परीक्षणमा सात लाख ९२ हजार तीन सय ६७ र एन्टिजेन परीक्षणमा ९० हजार आठ सय ५४ गरी कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ८३ हजार दुई सय २१ पुगेको छ ।

यस्तै एक हजार दुई सय ६२ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६२ हजार चार सय १६ पुगेको छ ।

यही अवधिमा थप सात जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय तीन पुगेको छ ।

अहिले १८ हजार आठ सय ४८ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ८५ जनाको आईसीयू र एक सय २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएकाे छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया