नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – सत्ता साझेदार जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरूलाई पदबाट राजीनामा दिन चुनौती दिनुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका डा. भट्टराईले संसद्लाई दुई/दुई पटक विघटन गर्ने एमालेलाई संसदमा आउनसमेत लाज हुनुपर्ने टिप्पणीसमेत गर्नुभयो ।
सोमवार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा उहाँले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरूले संसदमा अवराेध गरेर बस्ने नभइ राजीनामा गरेर नागरिककाे बीचमा जानुपर्ने प्रतिक्रिया दिनुभयो । अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनाैँ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु लाजकाे विषय भएको पनि दोहोर्याउनुभयाे ।
उहाँले भन्नुभयो, ‘जसले संसद्लाई दुई/दुई चोटि विघटन गर्छ । ती मान्छेहरूले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने । सर्वोच्चको फैसला मान्दैनौँ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ? अनि संसदीय मर्यादा कायम । जुन संसद्लाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो । मैले पार्टी छोडिसकेपछि दोस्रो संविधान सभा पछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिँए । उहाँहरूमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।’
भट्टराईले एमाले आफैँले विघटन गरेको संसदमा अवरोध सिर्जना गरेर निर्लज्जताको पराकाष्ठा देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।