अग्रिम टिकट बुकिङ खुलेको दिन बसपार्क सुनसान, जम्मा १४ सय जनाले टिकट लिए

 असोज ११, २०७८ सोमबार १९:१३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौबाट दशैँमा घर जानका लागि आज साेमवारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । सरकारले यातायात व्यवसायीसँग छलफल गरेर आजदेखि लामो तथा मध्यम दुरीका गाडीकाे अग्रिम टिकट बुकिङ खुला गरेको हो । 

नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालीले व्यवसायीको सहकार्यमा ११ वटा ‘टिकट काउन्टर’ थप गरेको हो । 

यसैबीच यो वर्ष अग्रिम टिकट बुकिङको पहिलो दिन पनि नयाँ बसपार्क शान्त देखिएको छ । विगतमा टिकट खुला हुँदा यात्रुको भिडभाड हुने गरे पनि अहिले काउन्टरहरू सुनसान रहेकाले लाइन नबसिकनै टिकट लिन पाइने व्यवसायीहरूले बताएका छन् । 

आज जम्मा १४ सय जनाले मात्रै टिकट लिएका ल्होत्से बहुउद्देश्यीय प्रालीका मानव संशाधन प्रमुख पंकज मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार धेरै विद्यालयमा पढाइ नभएको, कलेजहरू नखुलेको लगायतका कारण धेरै नागरिक गाउँघरमै रहेकाले भिड कम भएको हो । 

यस्तै कोरोना महामारी, हवाई जहाज चढ्नेहरूको सङ्ख्या बढ्नु, आफ्नै साधनमा गाउँ फर्कने र अनलाइनमार्फत टिकट काट्ने सुविधा भएकाले अग्रिम टिकट लिनेहरू कमी भएको हुन सक्ने मल्लको अनुमान छ । 

यसैबीच अब बसको टिकट अनलाइनबाटै लिन सकिने भएको छ । मोबाइल एप र अनलाइनबाटै विभिन्न संस्थाहरूले बसको टिकट पनि अनलाइनबाटै काट्न सकिने व्यवस्था गरेसँगै यात्रुलाई सहज भएको छ । बस सेवा, बस सेवा नेपाल, वेस्ट नेपाल बस, स्मार्ट यात्रु, बस नेपाल लगायतका वेबसाइट तथा मोबाइल एपमा गएर आफ्नो गन्तव्य छानेर सहजै टिकट लिन सकिनेछ । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया