राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय

 असोज ११, २०७८ सोमबार १९:५१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ताका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ । अध्यादेश सक्रिय रहँदा सत्ता गठबन्धनकै दल फुट्ने सम्भावना देखिएपछि आज साेमवारको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्  ।

यसअघिको ४० प्रतिशतको व्यवस्था हटाएर सरकारले केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमै पनि २० प्रतिशत पुगे दल विभाजन हुन सक्ने प्रावधानसहितको अध्यादेश ल्याएको थियो ।

सरकारले अध्यादेश ल्याएपछि एमाले र जनता समाजवादी पार्टी फुटेका छन् । विशेषगरी जसपा सरकारमा जाँदा मन्त्री बन्न नपाउनेहरूले दल विभाजन गर्ने देखिएपछि अध्यक्ष उपेन्द्र यादवले अध्यादेश फिर्ता नभएसम्म सरकारमा नजाने अडान राख्नुभएको थियो ।

अध्यादेश फिर्ताको निर्णयसँगै अब मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सहज भएको छ । मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएपछि भोलि मङ्गलवार नै मन्त्रिपरिषद् विस्तारको तयारी रहेको छ ।

प्रधानमन्त्री नियुक्त भएको झन्डै तीन महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा प्रधानमन्त्री देउवाको चौतर्फी आलोचना भएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया