नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
रौतहट – राैतहटमा दुई हप्ताअघि भएको हत्याको घटना १८ वर्षअघिको रिसइबीको बदला लिन भएको खुलेको छ ।
गएको भदौ २६ गते घाँस काट्न गएका चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैँडाटारका ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चन्द्रपुरका प्रल्हाद फुँयाल, पर्साका रमेश पहरी र पूर्वी नवलपरासीका सूर्य भण्डारीलाई पक्राउ गरेको छ ।
घटनाको मुख्य योजनाकार चन्द्रपुरका सहदेव भनिने डोलप्रसाद बोलखे भने फरार रहेको प्रहरीले जनाएको छ ।
हत्या गरिएका रोहिणीप्रसाद घोरासैनीका बुबा भीमदत्त घोरासैनीलाई २०६४ सालमा हत्याका योजनाकार बोलखेको परिवारले बोेक्सा–बोक्सीको आरोप लगाएपछि भएको रिसइबी साध्न हत्या गरेको खुल्न आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।