एनआरटी क्लब बुढासुब्बा गाेल्डकपकाे सेमिफाइनलमा
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - परराष्ट्रमन्त्री डा. नारायण खड्काले नागरिकको जीवनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ । संयुक्त राष्ट्र सङ्घको ७६ औं महासभालाई सम्बोधन गर्दै उहाँले नेपालका २० प्रतिशत नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाइसकेको पनि जानकारी दिनुभयो ।
खड्काले ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि आफ्नो देशले जलवायु परिवर्तनको असर भने ठूलो भोगिरहेको बताउनुभयो। नेपालले ६३ वर्षदेखि शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसङ्घको शान्ति अभियानमा निरन्तर योगदान दिएको स्मरण गर्दै सबैभन्दा धेरै शान्ति मिसनमा सेना पठाउनेमा नेपाल पनि एक रहेको बताउनुभयो ।
यस्तै, परराष्ट्रमन्त्री डा. नारायण खड्काले विश्वका ४५ लाख मानिसको कोभिड-१९ का कारण ज्यान गएको भन्दै दु:ख व्यक्त गर्नुभयो । उहाँले कोरोना महामारीको यो सङ्कटले संसारलाई नै पीडामा पारेको छ, विश्वव्यापी अर्थतन्त्रलाई ध्वस्त पारेको बताउनुभयो ।
यस्तै, कोरोनाका कारण थप १५० करोड मानिस चरम गरिबीमा धकेलिएका पनि उहाँले बताउनु भएको छ । कोरोना विरुद्धको खोपको असमानताको खाडल धेरै गहिरो रुपमा रहेकाले कम आय भएका देशहरु समस्यामा परेका पनि परराष्ट्रमन्त्री खड्काको भनाइ छ ।
उहाँले सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्नेमा जोड दिनुभयो । मन्त्री खड्काले कोभिड-१९ बाट उत्पन्न चुनौतीहरुको सामना गर्न राष्ट्रसङ्घले खेलेको भूमिकाको प्रशंसासमेत गर्नुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।