अर्जुन ट्रफी क्रिकेट : धनगढीले झापालाई ५ रनले हरायाे
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – असोजको २३ गतेदेखि पोखरा–जोमसोम उडान नियमित सुरु हुने भएको छ । नेपालमा कोरोना सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै तारा एअरले पनि आफ्नो उडानलाई सुरु गर्न लागेको हो ।
यस्तै यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नजिकिँदो चाडपर्व र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुलाई लक्षित गरेर पोखरा–जोमसोम उडान नियमित सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
कोरोना महामारीका कारण बन्द हुनुभन्दा पहिले ताराले पोखरा–जोमसोम यात्रुको चाप हेरेर दैनिक पाँच वटासम्म उडान भर्दै आएको थियो ।
जोमसोममा दिउँसो हावा चल्ने भएकाले वायु सेवाहरूले बिहान १२ बजेभित्र नै उडान भर्नुपर्ने हुन्छ । दुर्गममा उडान गर्ने वायु सेवाहरूमा तारा एअरले मात्र पोखरा, नेपालगञज र काठमाण्डौमा नियमित वायु यान राखेर दुर्गममा सेवा दिँदै आएको छ ।
तारा एअरसँग अहिले दुर्गममा उडान गर्ने चार वटा टुइनअटर जहाज रहेको छ । ताराले लुक्ला, फाप्लु, सिमिकोट, डोल्पा, मुगु, जुम्ला, बाजुरा लगायत दुर्गमका विमानस्थलहरूमा नियमित तथा चार्टर्ड उडान भर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।