कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

 असोज १२, २०७८ मंगलबार १४:४६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार निवासी प्युठानका मधुसूदन केसीले कतारमा गोल्ड स्टारको आउटलेट तयार गर्नुभएको छ । 

स्वदेशी उत्पादनलाई विदेशमा पनि चिनाउनुपर्छ भन्ने उद्देश्यका साथ केसीले गोल्ड स्टारको आउटलेट कतारमा पुर्‍याएकाे बताउनुभयो । कतारमा प्रख्यात एसिया टाउनको प्लाजा मलमा गोल्ड स्टारको शाेरुम रहेको छ । 

शाेरुममा मात्र नभइ अनलाइन माध्यमबाट पनि गोल्ड स्टार फुटवेयरको बिक्री गरिने उहाँले बताउनुभयो । त्यस्तै कतारको बजारलाई मात्र लक्षित गर्दै ई–कमर्स साइट पनि छिट्टै सार्वजनिक गर्ने बताइएको छ । 

नेपालीहरूको बीचमा लोकप्रिय ब्रान्ड गोल्ड स्टार कतारको लागि नेपालबाट अभिमन्यू शर्मा र थमनकुमार भण्डारीले कन्सल्टिङको रूपमा काम गरिरहेको केसीले बताउनुभयो । गोल्ड स्टार मात्र नभइ देशका अन्य स्वदेशी उत्पादनलाई पनि कतारमा परिचित गराउने आफ्नो इच्छा रहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ram bahadur nepali

    Sept. 30, 2021, 5:55 p.m.

    ल राम्रो ....शोरुम कुन शहरमा छ ? लोकेसन दिनुहोला /

  •  0 Reply

तपाईको प्रतिक्रिया