सुदूरपश्चिम प्रदेशकाे इन्चार्ज त मै हुँ नि : लेखराज भट्ट

 असोज १२, २०७८ मंगलबार १७:२५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका स्थायी कमिटी नेता लेखराज भट्टले पार्टीको सुदूरपश्चिम प्रदेशको इन्जार्च आफू नै रहेको दाबी गर्नुभएकाे छ ।  

१० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकपछि नेता भट्टले यस्ताे बताउनुभएकाे हाे । 

नेता भीम रावल र भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्जार्चको विषयलाई लिएर विवाद छ । कार्यदलका संयोजकसमेत रहनुभएका रावलले याे विवाद पनि १० बुँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गर्नुभयो ।

आजकाे बैठकमा नेता भट्टले पार्टीको आन्तरिक एकता अझै बलियाे बनाउने गरी १० बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएकाे छ । त्यसका लागि २०७५ साल जेठ २ , जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरूको कामको मूल्याङ्कनलाई आधार बनाएर अघि बढ्ने विषयमा पनि छलफल गरिएको कार्यदल सदस्यसमेत रहनुभएका भट्टले बताउनुभयो ।  

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया