परराष्ट्र मन्त्री खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट

 असोज १२, २०७८ मंगलबार १७:५६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – परराष्ट्र मन्त्री डा. नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

मन्त्री खड्काको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतविना नै भएको भन्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्चमा रिट दर्ता गराउनुभएको हो । रिटको पेसी भाेलि बुधवारका लागि तोकिएको छ ।

गएकाे असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष खड्काले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो तर आज रिट दर्ता गराउनुभएका अधिवक्ता विशाल न्यौपानेले संविधानअनुसार कानुन बनाएर शपथ नलिएसम्म खड्कालाई परराष्ट्र मन्त्रीको हैसियतमा काम नगर्न/नगराउन अन्तरिम आदेशको माग गर्नुभएको छ ।

रिट निवेदनमा नेपालको संविधानको धारा ८० अनुसार सङ्घीय कानुन नबनाइ कसैलाई पनि मन्त्रीको हैसियतमा शपथ ग्रहण नगर्न/नगराउन सर्वोच्चबाट अन्तरिक आदेश जारी हुनुपर्ने माग गरिएको छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत शपथमा भएका केही विषय परिवर्तन गरेको थियो तर अध्यादेश संसदबाट पारित नभइ निष्क्रिय भएकाले देशमा अहिले शपथसम्बन्धी कानुन नै नरहेको अवस्था छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया