नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि चुप लागेर बसेको भन्दै सञ्चारमाध्यमप्रति असन्तुष्टि जनाउनुभएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग आज मङ्गलवार दिउँसाे अन्तरक्रिया गर्दै सरकारलाई सञ्चारमाध्यमहरूले खबरदारी गर्न नपुगेको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारलाई खबरदारी गरेन भने लापरबाहीजस्तो हुँदोरहेछ । जस्तो अहिलेको सरकार । अहिलेको सरकारलाई खबरदारी पुगेन कि जस्तो लाग्छ । संविधान, कानुनको मतलब छैन ।’
अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउने मनसायले सरकारले अध्यादेश ल्याएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले परमादेशबाट बनेको सरकारले लोकतन्त्रलाई कमजाेर पार्ने भएकाले आफू चिन्तित भएको तर्कसमेत गर्नुभयो ।
अध्यक्ष ओलीले सरकारले बजेटमार्फत कालो धनलाई सेताे बनाउन खोजेको भन्दै आपत्ति जनाउनुभयो । सरकारको याे निर्णयले नेपालमा विपत्ति ल्याउने उहाँकाे दाबी थियो । तर आफ्नो पार्टीेले कालो धनलाई सेतो बनाउने सरकारको प्रयासलाई सफल हुन नदिने अध्यक्ष ओली बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।