ललितपुर नगर प्रहरी चौबीसै घण्टा परिचालन

 असोज १३, २०७८ बुधबार ९:१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर महानगरपालिकाको नगर प्रहरी अब चौबीसै घण्टा परिचालन हुने भएको छ । यसअघि दैनिक आठ घण्टा मात्रै ड्युटी हुँदै आएकोमा अबदेखि चौबीसै घण्टा खटिने ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनुभयो ।

नगर प्रहरीले ०१–५९०९७७७ नम्बरको हटलाइन सेवा पनि सुरु गरेको छ । यो नम्बरमा सूचना प्राप्त भएको १५ मिनेटमा ठाउँमै पुग्नेगरी संरचना तयार गरिएको हाछेथुको दाबी छ । पुल्चोकमा रहेको दमकल मोडमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरका लागि बनाइदिएको ५ तले भवनमा नगर प्रहरीले आफ्नो कार्यालय खडा गरेको छ ।
 

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया