सञ्चारलाई गाउँ–गाउँ पुर्‍याउने काम निजी क्षेत्रले पनि गरिरहेका छन् : मन्त्री भुसाल

 असोज १३, २०७८ बुधबार १४:१९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसालले केबल टेलिभिजन व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आज बुधवार केबल टेलिभिजन व्यवसायी महासङ्घको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केबल टेलिभिजन व्यवसायीहरूकाे मागलाई सम्बोधन गर्ने बताउनुभएको हो ।

उहाँले सञ्चारलाई गाउँ–गाउँमा पुर्‍याउनुपर्ने सरकारकाे काम निजी क्षेत्रले गरिरहेको बताउनुभयो । मन्त्री भुसालले विज्ञान र प्रविधिको विकासले अहिले सबैसँग हातको मोबाइलकाे चिप्समा संसार भएको भन्दै ती सबैलाई नियमन, अनुगमन र नियन्त्रण कसरी गर्ने भन्ने कुरा सरकारले हेर्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रले व्यवसाय र पेसामै प्रभाव पारेको भन्दै पेसागत जीवनमा परेका समस्या र चुनौतीहरूलाई सरकारले सकारात्मक ढङ्गले ग्रहण गर्ने र संवादद्वारा केबल टेलिभिजन व्यवसायीहरूको मागको हल निकाल्ने बताउनुभयो ।

मन्त्री भुुसालले भन्नुभयो, ‘हामीले प्राप्त गरेको राजनीतिक अधिकारमा पाएको महत्त्वपूर्ण अधिकार सूचनाको हक हो, यो अधिकार ल्याउन सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको ठूलो हात छ । हाम्रो देशमा साढे सात सयभन्दा बढी त एफएमहरू छन्, समाचार नै आफूले मात्रै बनाएर प्रसारण गर्न पाउने अधिकार नेपालमा मात्रै हो, अरू देशमा सरकारले बनाएका समाचार छाप्ने हो । हामीले मोबाइल, चिप्स जस्ता सामग्रीबाट हातहातमा पाएको समाचारको र सूचनाको हकलाई न्यूनीकरण गर्नुहुँदैन, केबल टेलिभिजन व्यवसायी साथीहरूले गाउँ–गाउँ, ठाउँ–ठाउँमा पुगेर राज्यले दिनुपर्ने सेवालाई दिनुभएकाे छ, म त्यसलाई सम्मान गर्दछु । राज्यका आज आफ्नो टेलिफोन, टेलिभिजन हुँदाहुँदै निजी प्रदायकहरू पनि हुनुहुन्छ, सँगै विज्ञानको प्रविधिले सबैका हातमा मोबाइल, चिप्सहरूमा संसार छ, त्यसको नियमन, अनुगमन, नियन्त्रण कसरी गर्ने ? आदिबारे चुनौतीहरू पनि छन् । यसलाई नियमन र नियन्त्रण गर्ने कुरासँगै निजी क्षेत्रले व्यवसाय र पेसामै प्रभाव पार्ने भएकाले म यहाँहरूलाई के प्रतिबद्धता जनाउन चाहन्छु भने– यहाँहरूका पेसागत जीवनमा परेका समस्या र चुनौतीहरूलाई राज्यले सकारात्मक ढङ्गले ग्रहण गर्नेछ । मैले पनि नेपाल सरकारको मन्त्रीको हैसियतले सकारात्मक रूपले ग्रहण गर्नेछु र संवादद्वारा समाधान गर्ने कुराको पनि विश्वास दिलाउँछु ।’

मन्त्री भुसालले सबैको अभिभावक भएकोले सरकारले निजी र सामुदायिक क्षेत्रका र जनताका समस्याको समाधान गर्ने बताउनुभयो । उहाँले आजको विद्युत प्राधिकरणको बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया