एनआरटी क्लब बुढासुब्बा गाेल्डकपकाे सेमिफाइनलमा
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । प्रदेश २ सरकारले छात्राहरूलाई बाँड्नका लागि गरेको साइकल खरिद कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको बर्दिबासमा रहेको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।
साइकल खरिदबारेमा अनुसन्धान गर्ने आयोगको निर्णयअनुसार टोली गएर उजुरी परेको तथा सञ्चारमाध्यममा आएको विषयसँग जोडिएका कागजात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले उज्यालोलाई जानकारी दिनुभयो ।
प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्ने गरी बेटी पढाउ, बेटी बचाउ कार्यक्रम सञ्चालन गरेको छ । त्यही कार्यक्रममार्फत छात्राहरूलाई साइकल बाँड्ने कार्यक्रम रहेको छ ।
नियन्त्रणमा लिएका कागजात केन्द्रमै ल्याएर अनुसन्धान थालिने पनि प्रवक्ता रिसालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।