नेपालले अहिलेसम्म काेराेनाविरुद्धकाे १ कराेड ७८ लाख डाेज खाेप प्राप्त गर्‍याे

 असोज १३, २०७८ बुधबार १६:४४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालले अहिलेसम्म कोभिड–१९ विरुद्धको खोप एक करोड ७८ लाख ५८ हजार सात सय १० मात्रा (डाेज) प्राप्त गरेकाे छ ।

नेपालले प्राप्त गरेका खोपमध्ये सबैभन्दा धेरै चिनियाँ खोप भेरोसेल एक करोड १९ लाख मात्रा रहेको छ । यस्तै कोभिशिल्ड खाेप २४ लाख मात्रा, बेलायतमा उत्पादन भएको अस्ट्राजेनेका खोप १९ लाख ७५ हजार आठ सय ६० मात्रा रहेकाे छ । 

साथै जोनसन एन्ड जोनसन खाेप १५ लाख ३४ हजार आठ सय ५० मात्रा प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख ८६ हजार एक सय ४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशव्यापी चलिरहेको खोप कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा लगाइएको खोपसँगै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६२ लाख ३८ हजार एक जना पुगेको छ । ७२ लाख १४ हजार सात सय ४२ जनाले पहिलो मात्रा खोप लगाएका छन् । 

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आउँदाे वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले दशैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारीसमेत दिनुभयो ।

विश्व मुटु दिवसको अवसरमा आज बुधवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले अहिले दैनिक तीन लाख जनालाई काेराेनाविरुद्धकाे खोप लगाउने काम गरिरहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया