हवाईजहाज र हेलिकप्टरकाे अवस्थाबारे अध्ययन गर्न सरकारले समिति बनायाे

 असोज १३, २०७८ बुधबार १८:९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न एअरलायन्सका विमानमा देखिएको समस्याबारे अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति बनाएकाे छ । 

मन्त्रालयले आज बुधवार एक विज्ञप्ति निकालेर नेपालको आकाशमा उड्ने दर्ता भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय विमान र हेलिकप्टरको अवस्था परीक्षण गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित छानबिन समिति बनाइएकाे जनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा, क्यानका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सि.ए.टि.सि.अ प्रमोद नेपाल, क्यानका प्रबन्धक लक्ष्मण देवकोटा रहेको समिति बनाइएकाे उल्लेख छ । 

यही असोज ११ गते काठमाण्डौबाट ७७ यात्रु लिएर उडेको बुद्ध एअरको विमानमा खराबी देखिएको लगायत पछिल्लो समय विभिन्न कम्पनीका विमान र हेलिकप्टरमा प्राविधिक समस्या देखिएकाले यस्तो समस्या समाधानमा सहयोग पुगोस् भन्ने ध्येयका साथ छानबिन समिति बनाएकाे आयोगका प्रवक्ता तारानाथ अधिकारीले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।  

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया