नेपाल थाइल्यान्डसँग ५ रनले पराजित, त्रिदेशीय महिला टी–२० शृङ्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । नेता सिंहले पार्टीको आउँदाे १४ औँ महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली नागरिकले आउँदाे चुनावमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने तर्कसमेत गर्नुभयो ।
उहाँले नागरिक र पार्टीका कार्यकर्ताको भावना बुझेर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अघि बढ्न आफूले आग्रह गरिरहेको बताउनुभयो ।
आज बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘भनौँ न शेरबहादुरजी नै किन नहोस्, रामचन्द्र पौडेलजीलगायत अरू सिनियर लिडर सबैलाई हाम्रो सम्मान छ । तर समय त आएजस्तो छ । उहाँहरूले अरूलाई नेतृत्व सुम्पिने समय आएको कारणले तपाईँहरूले सोच्नुपर्याे भनेर मैले चाँहि जोड दिइरहेको छ । नागरिकले विश्वासको मतसमेत नदिने भएकाले आउँदाे १४ औँ महाधिवेशनमा पार्टीको नेतृत्व परिवर्तन गरेर कांग्रेसलाई संस्थागत ढङ्गले अघि बढाउनुपर्ने हुन्छ ।’
कांग्रेस नेता सिंहले जिल्ला–जिल्लाका कार्यकर्ताहरूले पार्टीको नेतृत्व लिन आफूलाई दबाब दिइरहेकाे दाबीसमेत गर्नुभयो । गणेशमानको छोरा पार्टीको नेतृत्व लिन किन तयार नहुने भनेर पार्टीका कार्यकर्ताहरूले आफूलाई गाली गर्ने गरेको उहाँको भनाइ थियो ।
नेता सिंहले पार्टीको आसन्न महाधिवेशनमा विवेकको मत दिएर पार्टीको नेतृत्व चयन गर्न पनि महाधिवेशन प्रतिनिधिहरूलाई ध्यान दिन आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।