परराष्ट्रमन्त्री खड्का आज स्वदेश फर्कँदै

 असोज १४, २०७८ बिहिबार ७:५७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६ औं महासभामा भाग लिएर आज स्वदेश फर्कँदै हुनुहुन्छ ।

संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्न खड्का नेतृत्वको प्रतिनिधिमण्डल गएको ८ गते अमेरिकाको न्युयोर्क पुगेको थियो । मन्त्री खड्काले महासभालाई सम्बोधन गर्नुका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका  विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

संयुक्त राष्ट्र सङ्घको ७६ औं महासभालाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको थियो । कोरोना विरुद्धको खोपको असमानताको खाडल धेरै गहिरो रुपमा रहेकाले कम आय भएका देशहरु समस्यामा परेका भन्दै उहाँले सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्नेमा जोड दिनु भएको थियो ।

यस्तै, अमेरिकामा रहेका नेपालीले आयोजना गरेको छलफलमा पनि उहाँ सहभागी हुनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया