गोरखाको चुमनुब्री गाउँपालिकामा हेलिकप्टरमार्फत चामल ढुवानी

 असोज १४, २०७८ बिहीबार १०:५९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

गाेरखा - गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न बस्तीमा हेलिकप्टरमार्फत चामल ढुवानी गरिएको छ । 

खाद्यान्नको सङ्कट देखिन थालेपछि चुमनुब्री गाउँपालिकाकाे वडा नम्बर ६ र ७ वडाका केही बस्तीमा नेपाली सेनाको हेलिकप्टरमार्फत चामल लगिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी गोरखा डिपोका सूचना अधिकारी शिव सुनारले बताउनुभयो । 

चुम्चेतमा ३४ क्विन्टल र छेकम्पारमा ५९ क्विन्टल चामल लगिएको उहाँले जानकारी दिनुभयो । चामल वडाध्यक्षको जिम्मा लगाइएको कम्पनीले जनाएको छ । चुम उपत्यकाको छेकम्पार र चुम्चेत प्रवेश गर्ने नाकाअन्तर्गत लोक्पामा पहिरो जाँदा बाटाे बन्द भएकाे हाे । 

पैदलमार्गमै पर्ने सर्दिभिरको क्यान्टिलिभर पुलमा पनि पहिरोले क्षति पुर्याएपछि त्यहाँ खच्चडमार्फत गरिने खाद्यान्न ढुवानीको काम बन्द भएकाे हाे । 

असार पहिलो हप्ता मनास्लु पदमार्गअन्तर्गत यारुबगर र जगत खण्डको पैदलमार्ग बुढीगण्डकी कटानका कारण बन्द भएकाे थियाे । आउजाउमा सहजताका लागि दुवै ठाउँमा ग्याबिन जाली भरेर बाटो मर्मत भएसँगै खाद्यान्न ढुवानी सुरु भएको थियो ।

भदौ पहिलो हप्ताबाट लोक्पाको डुयुखोलामा पहिरो खसेर चुमनुब्री–६ चुम्चेत र वडा नम्बर ७ को छेकम्पार पुग्ने बाटो बन्द भएको हो ।

खच्चडमार्फत हुने खाद्यान्न ढुवानी रोकिएपछि दुई वडाका सबैजसो बस्तीमा खाद्यान्नको अभाव भएको हो । पहिरोले क्षति पुर्याएको क्यान्टिलिभर पुल मर्मतका लागि समन्वयको काम भइरहेको चुमनुब्री गाउँपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया