काठमाण्डौमा आजदेखि मेला, महोत्सव तथा सभा जुलुस गर्न नपाइने

 असोज १४, २०७८ बिहिबार १३:६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न रोक लगाएको छ।

काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।

अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो । कोभिड-१९ को सङ्क्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि साङ्केतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया