१६ दिनदेखि हराइरहेका गुल्मीका युवक मृत भेटिए

 असोज १४, २०७८ बिहीबार १६:३७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

गुल्मी – गुल्मीको मालीका गाउँपालिकामा एक युवक १६ दिनपछि मृत अवस्थामा भेटिएका भेटिएका छन् । मालिका गाउँपालिका ७ घमिरका ३१ वर्षीय लेखनाथ पन्थी मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम पाण्डेले बताउनुभयो । 

पन्थी गएको भदौ २८ गतेदेखि परिवारको सम्पर्कभन्दा बाहिर रहेको आफन्तले बताएका छन् । पन्थीको शव हिजो बुधवार घर नजिकै जङ्गलमा सडेको अवस्थामा स्थानीयवासीले फेला पारेको डीएसपी पाण्डेले बताउनुभयो । स्थानीयवासीले दिउँसोपख जङ्गलमा निहुरो टिप्न जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक पन्थी शारीरिक र मानसिक दुवै रूपमा अशक्त रहेका प्रहरीले जनाएको छ । घरबाट पन्थीको शव आज पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको डीएसपी पाण्डेयले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया