नेपाल थाइल्यान्डसँग ५ रनले पराजित, त्रिदेशीय महिला टी–२० शृङ्...
माघ २२, २०८१ मंगलबार
ललितपुर – नेपालकै अग्रणी मिडिया कम्पनी म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सुरु भएको छ । डिजिटल मिडियासम्बन्धी सम्भवतः नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरूलाई भाग लिन आह्वान गरेको छ ।
‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य नै डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुको पहिचान गर्दै उनीहरूलाई व्यक्तिगत एवम् समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पु¥याउन त्यस्ता व्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।
‘नेपालमा विभिन्न विदेशी कम्पनीसँग सहकार्य गरेर डिजिटल मिडियासम्बन्धी काम गर्ने अभ्यास भइरहेको छ । तर हामी स्वदेशमा नै लुकेर रहेको डिजिटल मिडियासम्बन्धी प्रतिभाको खोजी गरी उनीहरूलाई नै प्रोत्साहन गर्दै डिजिटल मिडियासम्बन्धी आवश्यकता पूर्ति गर्ने उद्देश्य लिएर अगाडि बढेका छौँ’, विज्ञप्तिमा भनिएको छ ।
म्याक्स मिडिया डिजिटल गुरु एउटा विशेष चुनौतीको परीक्षण गर्ने लक्ष्यसहित पहिलो पटक प्रस्तुत भएको डिजिटल हेडहन्ट हो जहाँ सहभागीले प्रतियोगिताको नियममा रही आफ्नो रूचिको विषयमा डिजिटल मिडियासम्बन्धी सबल प्रस्तुति प्रस्तुत गर्न दिइने छ । यसबाट नेपालको डिजिटल मिडियाहरूको उत्थानका लागि एउटा नयाँ अध्ययन सुरु हुने कम्पनीले जनाएको छ ।
यस प्रतियोगितामा सहभागी भएर पाँच लाख रुपैयाँसम्म पुरस्कारसमेत प्राप्त गर्न सकिनेछ । प्रतियोगितामा सहभागी हुनका लागि यस लिङ्कमा रजिस्टर गर्न सकिने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।