सडक स्तराेन्नतिकाे माग गर्दै राजविराज नगरपालिकाका मेयरलाई ज्ञापन पत्र

 असोज १४, २०७८ बिहिबार २०:१०:५६ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको राजविराज नगरपालिका क्षेत्रका सडककाे स्तराेन्नतिकाे माग गर्दै राष्ट्रिय एकता अभियानले मेयरलाई ज्ञापन पत्र बुझाएकाे छ ।

अभियानकी उपाध्यक्ष सुनिता साह र सदस्य रमिला साहलगायतले राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा १६ वटै वडामा रहेका हिलाम्मे सडकको तुरुन्त मर्मत, गुणस्तरहीन कामको अनुगमन गरी त्यस्तो काम गर्ने ठेकेदार/उपभोक्ता समितिलाई कारबाही र विभिन्न ठाउँमा थुपारिएका फोहर उठाउन माग गरिएको छ । 

यसैगरी वडा–वडामा आवश्यक्ताअनुसार सडक निर्माण गर्न र हिंसा पीडित महिलाहरूका लागि न्यायिक समितिमार्फत तत्काल न्याय दिने व्यवस्था मिलाउन पनि ज्ञापन पत्रमा माग गरिएको छ।

‘राजविराज नगरपालिका नेपालको पुरानो नगरपालिकामध्ये एक हो । यहाँ सेवा लिन विभिन्न ठाउँबाट मानिसहरू आउने गरेका छन् । तर, नगरपालिकाको प्रवेशद्वारदेखि नै सडकको अवस्था चिन्ताजनक छ’, ज्ञापन पत्रमा उल्लेख गरिएको छ, ‘जनप्रतिनिध निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । तर नगरपालिकाको विकास नहुनु दुखःद विषय हो । नगरपालिकाको १६ वटै वडाको सडक पैदल हिँड्न पनि लायक छैन । केही ठाउँमा आरसीसी ढलान र कलोपत्र सडक देखिए पनि गुणस्तरहीन भएको जनगुनासो छ । हिलाम्मे, फोहर र दुर्गन्धित सडकमा हिँड्नु पर्दा स्थानीवासी आजित छन् । तसर्थ तत्काल यसको व्यवस्थापनमा ध्यान दिइयोस् ।’ 

अन्तिम अपडेट: बैशाख ४, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया