जस्तो बाउ उस्तै छोरा : जुनियर रोनाल्डोले गरे एकै खेलमा ४ गोल

 भदौ १८, २०७५ सोमबार १४:१८:१६ | एजेन्सी

रियल मड्रिडबाट युभेन्टसमा गएका पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले नयाँ क्लबका लागि अहिलेसम्म गोल गर्न सकेका छैनन् । 

यो सिजनको सिरी ए मा आफूले खेलेका तीन वटै खेल जिते पनि रोनाल्डोले भने बललाई जाली चुमाएका छैनन् । 

रोनाल्डोले गोल गर्न नसकिरहँदा जुनियर रोनाल्डोले भने युभेन्टस यु–९ टिमबाट डेब्यू खेलमै चार गोल गरेका छन् । रोनाल्डोका आठ वर्षीय छोरा क्रिस्टियानो जुनियर बुवाले लगाउने ७ नम्बरकै जर्सीमा युभेन्टस फुटबल एकेडेमीमा अनुबन्ध भएका छन् । 

लुसेन्तो यु–९ विरुद्ध भएको खेलमा जुनियर रोनाल्डोले ४ गोल गरेका हुन् । उक्त खेल युभेन्टस यु–९ ले ५–१ ले जित्यो । जुनियर रोनाल्डोले प्रत्येक हाफमा दुई–दुई गोल गरेका थिए । 

जुनियर रोनाल्डोको प्रदर्शनपछि क्रिस्टियानो रोनाल्डोले आफ्ना छोरा आफ्नै बाटोमा अगाडि बढेको प्रतिक्रिया दिएका छन् । 

शनिबार भएको सिरी एमा पार्माविरुद्धको खेलमा गोल गर्न नसके पनि क्लबले हात पारेको जित र छोराको प्रदर्शनले भने रोनाल्डो खुशी छन् । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया