नेपाल थाइल्यान्डसँग ५ रनले पराजित, त्रिदेशीय महिला टी–२० शृङ्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - सरकारी निकायले बजारमा अनुगमन निरन्तर भइरहेको दाबी गरे पनि उपभोक्ताले बजारको अवस्था नसुध्रिएको गुनासो गरेका छन् ।
बजारमा कालोबजारी र अनियमिता हुँदा आफूहरु ठगिँदै आएको उपभोक्ताको गुनासो छ । व्यापारीले मनलाग्दी भाउ लिने गरेका र सुपथ मूल्य पसलमा जाँदा चिनिलगायत अत्यावश्यक वस्तुको अभाव रहेको बालाजुका रामकाजी चक्रधरले गुनासो गर्नुभयो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा पनि म्याद गुज्रिएका खाद्य वस्तु फेला पारेको छ । मूल्यसमेत अचाक्ली लिने गरेको पाइएको छ । चाडपर्वमा मात्रै नभइ बजार अनुगमन नियमित भइरहेको तर पनि बजारको अवस्थामा सुधार नआएको विभागका प्रवक्ता शिवराज सेढाईँले बताउनुभयो ।
अहिले चाडपर्व केन्द्रित बजार अनुगमन हुँदै आएको छ । चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्या नहोऊन् भनेर अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।
विभागको नेतृत्वमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल नापतौल तथा गुणस्तर विभाग, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी, उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त अनुगमन टोलीले नियमित रूपमा बजार अनुगमन गरिरहेका छन् । डेढ हप्तादेखि दैनिक छ वटा टोलीले बजार अनुगमन गरिरहेको छ ।
जसमा पाँचवटा टोलीले खाद्यवस्तु, तरकारी, लत्ताकपडा, यातायातलगायतमा छुट्टाछुट्टै अनुगमन गरिरहेको छ भने एउटा टोली विभागमै उजुरी र गुनासो आउनेबित्तिकै आकस्मिक अनुगमनमा जाने गरी तयारी अवस्थामा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।