नेपाल थाइल्यान्डसँग ५ रनले पराजित, त्रिदेशीय महिला टी–२० शृङ्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै - मेची राजमार्ग अन्तर्गत पर्ने इलामको शून्य किलोमिटरदेखि धोबीधारासम्मको सडक खण्डमा गाडी चल्न सकेका छैन। यो सडक खण्डमा पर्ने एनसीडीसी खोल्सामा पहिरो खसेकाले बिहानदेखि गाडी नचलेका प्रहरीले जनाएको छ ।
सडक बन्द भएपछि ताप्लेजुङ र पाँचथरबाट छुटेका गाडी धाेबीधारासम्म पुगेर रोकिएका छन् भने झापाबाट आएका गाडी शून्य किलाेमिटरमै रोकिँदा त्यस आसपासको क्षेत्रमा गाडीको लामो लाइन छ । सडक बन्द भएपछि यात्रु समस्यामा परेका छन् ।
पहिरोले ३० मिटरजति सडक नै भासिएकाले तत्काल यसलाई मर्मत गर्न सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ । साना गाडीलाई वैकल्पिक बाटो बाटोबाट पठाइएको भए पनि ठूला गाडी चल्न सक्ने वैकल्पिक बाटो नहुँदा समस्या भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।