पहिराेेले विस्थापित भएकाे दुई वर्षसम्म पनि जंगलमै बास

 असोज १६, २०७८ शनिबार १३:५५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कैलाली – कैलालीको चुरे गाउँपालिकाका पहिरो पिडित परिवार अझै बिचल्लीको अवस्थामा छन् । दुई वर्ष अघि गएको पहिरो पिडित अहिले सम्म पनि जंगलमै बसिरहेका छन् ।

पहिरोबाट प्रभावित नागरिकहरुले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन । वैज्ञानिक मापदण्ड विपरीत बर्सेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडामा पहिरोको जोखिम बढीरहेको छ । पहिरोको कारणले गाँउ नै विस्थापित भइरहेका छन् । चुरे गाउँपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनि, गुणि लगाएतका गाउमा पहिरोका कारण गाँउ नै  विस्थापित हुन थालेका हुन ।

चुरेका बिभिन्न बस्तीमा पहिरो जानथालेपछि त्यहाँका स्थानीय घर छोडेर जंगल तथा सुरक्षित स्थानमा जान थालेका छन् । अहिले सबै विस्थापित घर विहीन बन्दै गएका छन् । गाउँमा बस्न सक्ने अवस्था नभएपछि केही सडकमै बसिरहेका छन् । पहिरो प्रभावित परिवारहरुलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ । यता सरकारले विस्थापतिहरुको बारेमा केहि नगरेको स्थानीयले आरोप लगाएका छन् ।

गएकाे वर्ष आएको पहिरोका कारण पट्रेनी, गुणिका ३ सय परिवार विस्थापित भएका छन ।  यस्तै भदौ ९ र १० गतेको  भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीका बस्तीहरु नराम्ररी प्रभावित भएका छन् । घर, गोठ जमिन चर्किनुका साथै ती बस्ती पहिरोको उच्च जोखिममा छन् ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया