२४ घण्टामा ६ सय ७९ जनामा काेराेना पुष्टि, १ हजार ४ सय ५ जना निकाे

 असोज १७, २०७८ आइतबार १६:५७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा ६ सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार नौ सय २० जनाको नमुना परीक्षण गर्दा ६ सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव २१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९७ हजार एक सय ९२ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९२ हजार ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार चार सय पाँच जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६९ हजार दुई सय २४ जना पुगेको छ ।

यही अवधिमा थप सात जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय ६४ पुगेको छ ।

अहिले नेपालमा १६ हजार आठ सय चार जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ३७ जनाको आईसीयू र एक सय चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा २६ हजार चार सय १९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६३ लाख ५२ हजार तीन सय २२ र एक मात्रा खोप लगाउनेको सङ्ख्या ७७ लाख १६ हजार नौ सय ८५ पुगेको छ । 

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया