मौसम बिस्तारै खुल्दै जाने, अब ठूलो पानी नपर्ने

 असोज १८, २०७८ सोमबार ७:५१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । तर, बिस्तारै मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

पूर्ण रुपमा मौसम खुल्न भने अझै एक/दुई दिन लाग्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अब ठूलो पानी पर्ने सम्भावना भने छैन । केही ठाउँमा हिजो ठूलो पानी परे पनि अब नपर्ने उहाँले बताउनुभयो । तर, स्थानीय वायुको प्रभावका कारण बेलुका पख छोटो समयका लागि पानी भने पर्न सक्छ ।

यस्तै, मनसुनको प्रणाली बाहिरिन नसकेकाले देशका केही ठाउँमा आज पनि हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ । विशेषगरी पहाडी जिल्ला र पहाडसँग जोडिएका केही तराईका जिल्लामा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् सापकोटाले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया