भाडा बढाउन माग गर्दै यातायात व्यवसायीले सडकमै गाडी तेर्स्याए, यात्रु मारमा

 असोज १८, २०७८ सोमबार ११:११:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले काठमाण्डौमा गाडीसहित विरोध प्रदर्शन गरेका छन् । चक्रपथमा गाडी रोकेर व्यवसायीले प्रदर्शन गरेका हुन् ।

यसले गर्दा चक्रपथमा गाडीको आवागमन प्रभावित भएको छ । भाडा बढाउनुपर्ने माग राखेर यातायात व्यवसायीले सडकमा नै बस तेर्स्याएर छोडेका छन् । यसले गर्दा यात्रुलाई सास्ती भएको छ भने काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

कोटेश्वर, चाबहिल, सुकेधारा,गौशाला क्षेत्रमा जाम छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पटक पटक भाडा समायोजन गर्न आग्रह गर्दा पनि वाग्मती प्रदेश सरकारले वास्ता नगरेपछि व्यवसायीहरुले विरोध प्रदर्शन गरेका बताउनुभयो ।

यसअघि गएको साउन ७ गते पनि उनीहरुले चक्रपथमा नै गाडी तेर्स्याएर विरोध प्रदर्शनसहित र्याली निकालेका थिए । त्यतिबेला उनीहरुले कोभिडविरुद्धको खोप, भाडा समायोजन, ४० वर्ष पुगेका गाडीको अवधि थप, यातायातको बीमा छुट,  नवीकरण र जरिबाना छुट लगायतका माग राखेका थिए ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया